समाजवादीको विरोध सभा

भदौ ६ गते,
पथरी । संघीय समाजवादी पार्टीले विराटनगरमा विहिवार विरोध सभा गरेको छ ।
pathari
सनिश्चरे माई स्थान देखि सुरु भएको ऱ्याली ट्राफिक चोकमा पुगेर पार्टीले कोण सभा गरेको हो । माई स्थानबाट सुरु भएको ऱ्याली, जिल्ला प्रहरी कार्यलय, जिल्ला प्रसाशन कार्यालय हुादै ट्राफिक चोकमा पुगेर टुगिंएको थियो । कालो झण्डा,पट्टिलगाएर नाराजुलुस निकालिएको थियो । उच्चस्तरीय राजनीतिक समितिले गरेको ११ र १५ बुदे खारेज गर्नुपर्ने, समानुपातिक सीट संख्या यथावत राख्नुपर्ने, राजनीतिक निकासका निकाल्न सर्वपक्षीय भेलाको आयोजना गर्नुपर्नेमा जोड दिएका थिए । हजार बढीको उपस्थिति रहेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य लोकसागर सावा, संघीय समाजवादी महिला संघकी मोरङ अध्यक्ष मिनु राई, अग्रगामी विद्यार्थी युनियनका जिल्ला उपाध्यक्ष दीपेन्द्र थलङलगायतले कोणसभामा सम्बोधन गरेका थिए ।

संघीय समाजवादीले ५ वुद्धे माग गर्दै चैत्र १ गतेदेखि शान्ति पूर्ण आन्दोलन गर्दै आएको छ । सोही विरोध सभा मुलुकभर आयोजना गरेको पार्टीले जनाएको छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *