संघीय समाजवादी पार्टी नेपालले पथरीको वडा नं. ४ र ५ मा वडा कमिटि विस्तार

भदौ १३ गते, पथरी । संघीय समाजवादी पार्टी नेपालले पथरीको वडा नं. ४ र ५ मा वडा कमिटि विस्तार गरेको छ ।

स्थानीय समुदायिक भवन किराती चोकमा भएको प्रथम वडा भेलाले दुई वडामा वडा कमिटि विस्तार गरेको हो । गठित वडा नं ४ को वडा कमिटिमा गोविन्द थिङ अध्यक्ष छन्् । भने उपाध्यक्षमा धनराज गिरी, सचिवमा बुद्धिमान तामाङ र सहसचिवमा चन्द्रबहादुर गजमेर छन् । सदस्यहरुमा देवी धिमाल, वमबहादुर लिम्बू, टंकनाथ बेघा, पूर्ण सुनुवार र चन्द्रबहादुर मोक्तान रहेको छ । त्यस्तै वडा नं. ५ मा सरोज योङहाङ अध्यक्ष छन् । समितिको उपाध्यक्षमा चन्द्रध्वज पोमू, सचिवमा सेमीहाङमा तुम्बापो र सहसचिवमा छत्रबहादुर राई तथा सदस्हरुमा जितेन्द्र तुम्बापो, रामप्रसाद माझी, सेरबहादुर बराइली, हरि राई, राम इवारम, केबलबहादुर आङ्देम्बेलगायत छन् । वडा भेलामा पाटीका जिल्ला उपाध्यक्षद्धय गोविन्द वनेम, सुर्य किराती, जिल्लासदस्यत्रय नराहाङ वान्तवा, दिलबाहादुर तामाङ, रन्जित फियाकलगायतले बोलेका थिए ।

कार्यक्रम पार्टी गाउँ अध्यक्ष पर्शुराम सिरेङको अध्यक्षतामा भएको हो ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *