संघीय समाजबादी पार्टीको उदयपुर र खोटाङ समिति गठन

महेश्वर चामलिङ राई,
उदयपुर, पुस ५ – अशोक राई नेतृत्वको संघीय समाजबादी पार्टीको उदयपुर जिल्ला समिति हिजो विधिवत गठन भएको छ। दुइमहिनाअघि गठित अग्रगामी विचार समूहका संयोजक सिद्धान्त राईकै अध्यक्षतामा समितिको गठन भएको हो। ७५ सदस्यीय समितिका दुईजना उपाध्यक्षमा हिम लुंगेली मगर र ललित साह चयन भएका छन्।

त्यस्तै सचिवमा प्रदिपकुमार चौधरी, उपसचिव मोहन गोले र कोषाध्यक्षमा किशोर ताम्राकार छानिएका छन्। राई र मगर यसअघि एमाले सचिवालय सदस्य हुन् भने साह नेपाली कांग्रेसका हुन्। ‘जातीय मुक्तिका लागि संघीयता, वर्गीय मुक्तिका लागि समाजवाद’ भन्ने मूल नाराका साथ गठित समितिका अन्य सबै सदस्य छानिएका छन्। समय अभावका कारण हिजोको बैठकले बिभागहरुको भगठन गर्न नभ्याएको अध्यक्ष राईले बताए।

त्यस्तै खोटाङ सदरमुकाम दिक्तेलमा हिजै भएको भेलाले सूर्यबहादुरराईको संयोजकत्वमा ९६ सदस्यीय तदर्थ समिति गठन गरेको छ। समितिका उपाध्यक्षमा पिके खम्बु, ढाकामशेर राई, जसराज किराती, हरिराज भण्डारी र बीरबहादुर तामाङ छानिएका छन्।
केन्द्रीय सदस्य सनबहादुर राईको उपस्थितिमा भएको भेलाले सचिवमा मोहन गुरुङ, सह-सचिवमा धनकुमार राई र जितेन राई र बाँकी सदस्य रहेको बताइएको छ।

– nagariknews.com

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *