ससफो नेपालको खोटाङ्गमा प्रथम दोर्पा गाउँ सम्मेलन सम्पन्न

२०७२ फागुन ११, सङ्घीय समाजवादी फोरम, नेपालले २०७२ फागुन ८ गते खोटाङ्ग जिल्लाको दोर्पा गा.वि.स.मा पार्टीको प्रथम दोर्पा गाऊँ सम्मेलन सम्पन्न गरेको छ ।
dorpa
पार्टी केन्द्रीय सदस्य तथा खोटाङ्ग जिल्ला इन्चार्ज सन बहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा विशेष अतिथि किरात प्रदेश समिति सदस्य नबिन राई र अतिथिहरु ससफो नेपाल खोटाङ्ग जिल्ला सचिव प्रेम राई, सङ्घीय समाजवादी शिक्षक संघ केन्द्रीय सदस्य धनिराम राई, सङ्घीय समाजवादी विद्यार्थी खोटाङ्ग जिल्ला अध्यक्ष रबिन खम्बु, सङ्घीय समाजवादी युवा फोरमका खोटाङ्ग जिल्ला अध्यक्ष टिकाराम राई रहनु भएको थियो ।
dorpa 2
सम्मेलनले कुल बहादुर राईको अध्यक्षतामा २१ सदस्यिय ससफो, नेपाल दोर्पा गाउँ समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष्यमा चक्र बहादुर गुुरुङ्ग, सचिव गजेन्द्र राई, सहसचिव रोजन भुजेल, र नन्दराज राई, र कोषाध्यक्षमा मन्दीरा दर्जी निर्वाचित भएका छन् । सम्मेलनले सुनिता सुनुवारको संयोजकत्वमा ११ सदस्यिय सङ्घीय समाजवादी फोरम महिला संघ दोर्पा गाऊँ समितिपनि गठन गरेको छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *