पूर्वसभासद राजकुमार नाल्बो सहित ५०० जना सङ्घीय समाजवादी पार्टीमा प्रवेश

काठमाडौं, २९ असार । पूर्व सभासद राजकुमार नाल्बोसहित ५ सय ५० बढी सङ्घीय समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय महाराजगन्जमा आयोजित औपचारिक कार्यक्रममार्पत् पूर्व सभासद नाल्बो लिम्बूसहित उनीहरु समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी एकता पक्षधर तर्पबाट पूर्व सभासद नाल्बो, एकता पक्षधर संयोजक एवम् सचिवालय सदस्य सुवास पालुङ्वाको नेतृत्वमा ३ सय ५० भन्दा बढी नेता, कार्यकर्ता औपचारिक रुपमा पार्टी प्रवेश गरेका छन् ।

त्यसैगरी एनआरएनको तर्पबाट राजकुमार लामाको नेतृत्वमा ७५ जनाभन्दा बढी पार्टी प्रवेश गरेका छन् । व्यवसायीको तर्पmबाट आशिष खतिवडा र देउमान लिम्बूको नेतृत्वमा १ सय २७ जना पार्टीमा औपचारिक रुपमा प्रवेश गरेका हुन् । साथै ३० जना विभिन्न राजनीतिक दलमा आबद्ध तथा स्वतन्त्र व्यक्तिसमेत पार्टी प्रवेश गरेका छन् । पूर्व सभासद् नाल्बोले ‘संघीयता, पहिचान र गणतन्त्र पक्षधर शक्तिहरु संगठित भएर जानुको विकल्प नरहेकाले सङ्घीय समाजवादी पार्टीमा प्रवेश गरेको बताए । उनले सङ्घीय समाजवादी पार्टीको सैद्धान्तिक तथा वैचारिक पक्षलाई आत्मसात् गर्दै जनतामा जाने प्रतिबद्धता व्यक्त गरे ।

सुवास पालुङ्वाले ‘पहिचानसहितको संघीयताको लागि एकजुट हुनको लागि सङ्घीय समाजवादीमा प्रवेश गरेको बताए ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *