अजम्बर भन्छन् – एमाले र माओवादी कम्युनिष्ट होइन कमाउनिष्ट हुन्

भोजपुर : लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेता अजम्बर काङमाङ्ले एमाले र माओवादी कम्युनिष्टनभई कमाउनिष्ट भएको दाबी गरेका छन् । शनिबार हतुवागडी गाउँपालिका घोडेटारमा आयोजित लोकतान्त्रिक गठबन्धनको बृहत् आम सभा घोडेटारमा सम्बोधन गर्दै भोजपुर प्रदेश सभा १ का उम्मेदवार उनले भने, “एमाले र माओवादी कम्युनिष्ट होइनन्, कमाउनिष्ट हुन् ।”

उनले लोकतान्त्रिक गठबन्धनले नेपालमा भ्रष्टचार अन्त्य गरि शिक्षा, स्वास्थ्य, यातायात र विकासको कामलाई प्रथामिक दिएको, प्रतिनिधि सभा र प्रदेश सभाका एक्लै चुनाव लड्दा धुलो चाटिन्छ भन्ने डरले बाम गठबन्धन गरेको, एमाले माओवादी एक छाक मिठो खान र एउटा हात्तीको नोटमा भोट किनेको उनले आरोप लगाए । संविधान संसोधन आवश्यक रहेको पनि उनले बताए । कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार उमेशजंग रायमाझी, प्रदेश सभा २ का उम्मेदवार गोविन्द कार्की, पाटी सभापति नन्दमणि राई, पुर्व उदयोग मन्त्री हेमराज राई, तरुण दलका उपसभापति उत्तम चापागाई, विनोद हेमन्त राई, वान्तावा, आसकुमार राई लगायतले सम्बोधन गरेका थिए ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *