ससफो नेपाल आक्रमक ढंगले संगठन विस्तार गर्दै

दमक, २६ कार्तिक । संघीय समाजवादी फोरम नेपाल दमक नगर समितिले नगर भित्रका विभिन्न वडाहरुमा आक्रमक ढंगले संगठन विस्तारको कार्यलाइ तिव्रता दिएको छ । संगठन विस्तारको कार्यक्रमलाई तिव्रता दिए संगै आज मात्र दमकका २ वडामा संगठन विस्तार गरेको छ ।

ससफो नेपालले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा आफ्नो संगठनलाई मजबुत बनाउदै वडा समिति गठनको कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रम अन्तर्गत वडा नं. ७ मा भएको वडा भेलाले असोक बस्नेतको अध्यक्षतामा ९ सदस्य समिति गठन गरेको छ । उपाध्यक्षमा राजु राई, सचिवमा राज कुमार सुब्बा (अनिश्चित), सह–सचिवमा सुनिता लावती, कोषाध्यक्षमा कविता लिम्बु, सदस्यहरुमा भुपाल कार्की, गायत्रा बजगाई, विशाल जवेगु र लक्ष्मी रम्तेल रहेको छन् ।

त्यस्तै वडा नं. ५ मा भएको वडा भेलाले शोभा पौडेलको अध्यक्षतामा ७ सदस्य समिति गठन गरेको छ । उपाध्यक्षमा भुवान शंकर, सविचमा सजन राई, सह–सचिवमा सुमन लिम्बु, कोषाध्यक्षमा हरि राई, सदस्यहरुमा कोपिला राई र कमला पोख्रेल रहेका छन् ।

कार्यक्रम ससफो दमक नगर अध्यक्ष बासुदेब राईको अध्यक्षतामा तथा ससफो नेपालका राजनीतिक समिति सदस्य प्रविण चाम्लिङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरीदेवि राई, वैकल्पिक केन्द्रीय द्वय सदस्य देउकुमार नेम्बाङ, गजेन्द्र लावती, लिम्बुवान प्रदेश समिति सदस्यहरु सुरेश लावती, दिपेन बाला राई, पदम कुमारी राई, प्रकाश सुवेदी, झापा जिल्ला अध्यक्ष धिरेन लावती, झापा क्षेत्र नं. ५ ख प्रदेश सभाका प्रत्यक्ष तर्फका उम्मेद्वार समेत रहनु भएका जिल्ला सचिव सुशिल कुमार राई लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहको उक्त कार्यक्रम पार्टीका दमक नगर सह–सचिव खेम दाहालले सञ्चालन गरेका थिए ।

Source: nayaonline.com

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *