समाजवादी पार्टी खोटाङ समितिको दोश्रो पूर्ण बैठक सम्पन्न

संघीय समाजवादी पार्टी नेपाल, खोटाङ जिल्ला तदर्थ समितिको दोश्रो पूर्ण बैठक मिति २०६९ पौष २० र २१ गते, खोटाङ विकास मञ्चको कार्यालय रत्नपार्कको सभाहलमा अध्यक्ष सूर्य राईको अध्यक्षता सम्पन्न भयो । बैठकमा केन्द्रीय तदर्थ समितिका सदस्यहरु देवराज राई र सनवहादुर राईको उपस्थिति रहेको थियो ।
federalsocilist flag
बैठकले जिल्ला तदर्थ समिति विस्तार गर्नुका साथै २६ सदस्सीय सचिवाल समेत गठन गरेको छ । थपिएको जिल्ला तदर्थ समितिका सदस्यहरुमा अडिराम राई, बासुदेव राई, इन्द्र नारथुङे, सिताराम राई, दाजाङ शेर्पा र दावा शेर्पा रहनु भएको छ । नवगठिन सचिवालयमा जिल्ला तदर्थ समितिका अध्यक्ष सूर्यवहादुर राई, उपाध्यक्षहरु जसराज किराती, हरि राजभण्डारी, नैनवहादुर कटुवाल, ढाकमशेर राई र पि.के. खम्बू ,वीरबहादुर तामाङ रहनु भएको छ । त्यसैगरी सचिवालयका अन्य सदस्यहरुमा तदर्थ समितिका सचिव मोहन गुरुङ, सहसचिव धनकुमार राई र जितेन राई तथा जिल्ला तदर्थ समितिका सदस्यहरु देवकुमार राई, किशोर राई, प्रेम राई, ज्ञानेन्द्र चाम्लिङ, सिमिराज राई, ध्यानवहादुर राई, अञ्जना राई, प्रश्नराज राई, टीकाराम राई, निर्मल राई, रविन राई, रुद्र राई, मनविक्रम राई, इन्द्र नारथुङे, कविराज राई, युगसन किरात, मनोज राई र पृथी जिम्बा रहनु भएको छ ।

बैठकले तदर्थ समितिका उपाध्यक्ष हरि राजभण्डारीको संयोजकत्वमा अनुशासन विभाग, उपाध्यक्ष जशराज किरातीको संयोजकत्वमा आर्थिक विभाग तथा इन्द्र नारथुङेको संयोजकत्वमा प्रकाशन विभाग गठन गर्दै जिल्ला पार्टी मुखपत्रको रुपमा “संघीय आवाज” नामक मासिक पत्रिका समेत प्रकाशन गर्ने निर्णय गरिएको छ ।

– इन्द्र नारथुङे

You may also like...

2 Responses

  1. binod rai says:

    khusi lagya 6, hami, balla hamro ghar, banaune tira lagdai 6u, jaba ghar ban6, ani samaj ra des, t q

  2. Sujan Maden says:

    Thanx, all of you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *